पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान पराजित « Imagekhabar – Online News Portal of Nepal


पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान पराजित


13.702k
Shares

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेकी सचिव पद्मा अर्यालका श्रीमान लक्ष्मीपति पौडेल वडा सदस्य पदमा पराजित हुनुभएको छ ।

स्याङ्जाको वालिङ नगरपालिकाको वडा नम्बर १ मा उहाँ एमालेबाट खुला सदस्यको उम्मेदवार बन्नुभएको थियो । उहाँलाई कांग्रेसका सम्भव अर्यालले पराजित गर्नुभएको हो । वडा १ मा १ हजार ८ सय ३४ मत खसेको थियो ।

विजयी अर्यालले १ हजार १ सय १२ मत प्राप्त गर्नुभएको हो । पराजित पौडेलले भने ६ सय ४५ मत प्राप्त गर्नुभएको हो।वालिङको १ र २ वडामा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नम्बर ३ मा भने एमालेका उम्मेदवार विजयी भएका छन्।

त्यस्तै, वालिङ नगरपालिकाको मेयरका लागि कांग्रेसबाट दिलीपप्रताप खाँण र एमालेबाट कृष्ण खाँण प्रतिस्पर्धा हुनुहुन्छ ।