कञ्चनपुर । जिल्लाको भिमदत्त नगरपालिकामा मतगणना स्थगित भएको छ । नगरपालिकाको वडा नम्बर २ को मतगणना गर्ने क्रममा १ सय मतपत्र भएको मतपेटिकामा १ सय २० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । मतपत्र भेट्नेबित्तिकै दलका प्रतिनिधिहरूबीच विवाद चर्किएको हो । २० मतपत्र बढी कसरी भेटियो भन्नेबारे मतदान अधिकृत र प्रतिधिनि अलमल परेका छन् ।…