२० मतपत्र बढि भेटिएपछि कञ्चनपुरमा विवाद, मतगणना स्थगित « Imagekhabar – Online News Portal of Nepal


२० मतपत्र बढि भेटिएपछि कञ्चनपुरमा विवाद, मतगणना स्थगित


1.079k
Shares

कञ्चनपुर । जिल्लाको भिमदत्त नगरपालिकामा मतगणना स्थगित भएको छ ।

नगरपालिकाको वडा नम्बर २ को मतगणना गर्ने क्रममा १ सय मतपत्र भएको मतपेटिकामा १ सय २० मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो ।

मतपत्र भेट्नेबित्तिकै दलका प्रतिनिधिहरूबीच विवाद चर्किएको हो । २० मतपत्र बढी कसरी भेटियो भन्नेबारे मतदान अधिकृत र प्रतिधिनि अलमल परेका छन् ।

मतपत्र भेटिएर विवाद भएपछि झडपको स्थिति सिर्जना भएको छ । यद्यपि सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।