काठमाडौं । नेकपा (एमाले)का सांसद् योगेश भट्टराईले हचुवाको भरमा हप्ताको दुई दिन बिदा दिने निर्णय गरिएको बताउनुभएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद् भट्टराईले पेट्रोलियम पदार्थको उपभोग घटाउनकै लागि दिइएको दुई दिन बिदा प्रत्युत्पादक हुने बताउनुभयो । श्रमशक्ति, अर्थतन्त्र, पर्यटनको विकासमा कसरी टेवा पुर्याउँछ भन्नेबारे मूल्याङ्कन नै नगरी दुई दिन बिदा दिनु घातक हुने…