कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी « Imagekhabar – Online News Portal of Nepal
१९ असार २०७९, आईतवार | Sun Jul 3 2022


कैलालीको गोदावरी नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी


117
Shares

कैलाली । कैलालीको गोदावरी नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा नेपाली कांग्रेसका विरेन्द्र भट्ट विजयी हुनु भएको छ भने उपमेयरमा एमालेकी शारदा रोकाया विजयी हुनु भएको छ ।

मेयरमा विजयी भट्टले १५ हजार ५०१ मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिद्वन्द्वी नेकपा एमालेका गोर्कण भट्टले ११ हजार २२४ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा विजयी एमालेकी रोकायाले १० हजार ६७० मत प्राप्त गर्नुभएको छ भने सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी एकीकृत समाजवादीकी रत्ना कडायतले ९ हजार ९८३ मत प्राप्त गर्नुभएको छ ।

कुल ५५ हजार ४९३ मतदाता रहेको गोदावरी नगरपालिकामा ३६ हजार ५६० मत खसेको थियो ।