सुदूरपश्चिमका ८८ मध्ये ६१ पालिकाको नतिजा सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
२५ श्रावण २०७९, बुधबार | Wed Aug 10 2022


सुदूरपश्चिमका ८८ मध्ये ६१ पालिकाको नतिजा सार्वजनिक

कांग्रेस पहिलो, एमाले दोस्रो, तेस्रोमा माओवादी

1.274k
Shares

धनगढी । गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ६१ वटाको मतगणना सम्पन्न भएको छ ।

सार्वजनिक भएको परिणाम अनुसार नेपाली कांग्रेसले २७, नेकपा (एमाले) ले २१, नेकपा माओवादी केन्द्रले १२ र एक पालिका स्वतन्त्रले जितेको छ ।

प्रमुखमा नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :-
डडेल्धुराको नवदुर्गा गाउँपालिका –लक्ष्मीप्रसाद अवस्थी
डडेल्धुराका अमरगढी नगरपालिका – डिल्लीराज जोशी
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
डडेल्धुराको भागेश्वर गाउँपालिका – हेम राज चटौत
डडेल्धुराको परशुराम नगरपालिका – भरत बडायर जोशी
अछाम ढकारी गाउँपालिका–प्रकाशबहादुर साउद
अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
अछामको  बान्नीगढीमा – टेक बहादु साँउद
अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
बझाङको मष्टा गाउँपालिका –   ज्ञानबहादुर बोहरा
बझाङको बुंगल नगरपालिका – जय बहादुर धामी
बझाङको वित्थडचिर गाउँपालिका – अम्मर सिंह महर
बझाङको खप्तडछान्ना गाउँपालिका – उत्तम रोकाया
बझाङको – जयपृथ्वी नगरपालिका चेतराज बजाल
डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
डोटी सायल गाउँपालिका –  धर्मराज जोशी
डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
डोटीको दीपायल सिलगढी नगरपालिका –बाजीसिँह खड्का
डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
बैतडीको पाटन नगरपालिका –गौरी सिंह रावल
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
बाजुराको त्रिवेणी नगरपालिका – कर्णबहादुर थापा विजयी
बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा –गोविन्दबहादुर मल्ल
कञ्चनपुरको बेलडाँडी गाँउपालिका–  हरिशचन्द्र राना

प्रमुखमा नेकपा एमाले विजयी भएका पालिकाहरू :-
कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
कैलालीको बर्दगोरियाको गाँउपालिका – कर्णबहादुर कुँवर
कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
बझाङको तलकोट गाँउपालिका – कल बहादुर रोकाया  
बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
बाजुराको खप्तड छेडेदह गाउँपालिका – दिल बहादुर रावत
बाजुराको जगनाथ गाँउपालिका – कालि बहादुर शाही
बाजुराको बडीमालिका नगरपालिका – अम्मरबहादुर खडका
दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
दार्चुलाको व्यास गाउँपालिका  – मंगलसिंह धामी
बैतडीको पन्चेश्वर गाउँपालिका– गोरखबहादुर चन्द
बैतडीको सुर्नया गाउँपलिका – अम्मर कुँवर
बैतडीको दोगडाकेदार गाउँपलिका – चक्र बहादुर कार्की
बैतडीको दशरथचन्द नगरपालिका – पुष्कर राज जोशी
डोटीको जोरायल गाउँपालिका– दुर्गादत्त ओझा
अछामको तुर्माखाद गाउँपालिका –डम्मरवहादुर विसी

प्रमुखमा  नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू :-
दार्चुलाको नौगाड गाउँपालिका–दलजीत सिंह धामी
दार्चुलाको मार्मा गाउँपालिका–  जमनसिंह धामी
दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
डोटीको बोकटान फुड्सिल गाउँपालिका–कमलबहादुर गड्सिला
डडेल्धुरा आलिताल गाउँपालिका–  शेरसिंह पार्की
डडेल्धुराको अजयमेरु गाँउपालिका– उमेशप्रसाद भट्ट
बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा विजयी
बझाङको छबिसपाथिभेरा गाँउपालिका – बसन्तबहादुर चलाउने
अछामको मेल्लेख गाउँपालिकामा – ज्वाला साउद  
कञ्चनपुरको बेलौरी नगरपालिका – पोतिलाल चौधरी
बैतडीको मेलौली नगरपालिका– भीमबहादुर चन्द

प्रमुखमा स्वतन्त्र उम्मेदवार विजयी भएका पालिका :-
बैतडीको डिलासैनी गाउँपालिका सन्तोषप्रकाश जोशी