Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


तेस्रो संस्करणको एसीसी प्रिमियर कप आजदेखि मलेसियामा हुँदै

नेपालसहित प्रतियोगितामा सहभागी १० टोलीलाई दुई समूहमा विभाजन

377
Shares

काठमाडौं । तेस्रो संस्करणको एसीसी प्रिमियर कप आइतबारदेखि मलेसियामा शुरु हुँदैछ।

प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एशिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रिने भएका हुन् । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको हाे । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन् ।

समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई) , कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका हुन् । समूह चरणमा नेपालले साेमबार बहराइनकाे सामना गर्दै प्रतियोगिताको शुरुवात गर्ने भएकाे छ। खेल मलेसियाको बाङ्गीमा रहेको वाईएसडी-यूकेएम क्रिकेट ओभलमा हुने भएकाे हाे। ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलो पटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको छ।

नेपालले दोस्रो खेल यहि भदौ १८ गते आयोजक मलेसियासँग खेल्ने भएकाे हाे। नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङकाे सामना गर्ने भएकाे छ।