काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । भीमदत्त नगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार पदम बोगटी १५ हजार ८ सय ८२ मत प्राप्त गरेर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका मेयरका उम्मेदवार महेशप्रसाद पन्तले ८ हजार १ सय ७९ मत प्राप्त गरेर पराजित हुनुभएको छ।…