लजास्पद हार भएको भन्दै लोसपा सचिवले दिए राजीनामा « Imagekhabar – Online News Portal of Nepal
१५ असार २०७९, बुधबार | Thu Jun 30 2022


लजास्पद हार भएको भन्दै लोसपा सचिवले दिए राजीनामा


1.625k
Shares

परासी । स्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिनुभएको छ ।

जिल्ला अध्यक्षलाई सम्बोधन गरि केन्द्र र प्रदेश समितिलाई वोदार्थ दिई बुझाईएको पत्रमा जिल्लामा पार्टीका उम्मेदवारले हार्नुलाई सर्वनाक हार भएको संज्ञा दिंदै नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

७ स्थानीय तह रहेको जिल्लाका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउंपालिकामा सबै पदमा उमेदवारि दिएको थियो । सरवालमा केही वडाबाहेकमा उमेदवारी दिएको थियो । सुनवल नगरपालिकामा प्रमुख र उपप्रमुखमा मात्र उमेदवारी दिएको थियो भने सुस्ता, प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिकामा कुनै पदमा लोसपाले उमेदवारी दिन सकेको थिएन ।

लोसपाले उमेदावारी दिएका पालिकाहरु मध्येबाट १ वडाध्यक्षसहित ५ सदस्य मात्र जितेको छ ।