धनुषामा १८ पालिकामध्ये १७ वटाको नतिजा सार्वजनिक « Imagekhabar – Online News Portal of Nepal
१४ असार २०७९, मंगलवार | Tue Jun 28 2022


धनुषामा १८ पालिकामध्ये १७ वटाको नतिजा सार्वजनिक


624
Shares

जनकपुर । धनुषा जिल्लाको १८ स्थानीय तहमध्ये १७ को नतिजा सार्वजानिक भएको छ ।

एक उपमहानगर, ११ नगर र ६ गाउँपालिका रहेको धनुषाको अहिलेसम्मको १७ पालिकाको नतिजा अनुसार कांग्रेस १०, एमाले ३, जसपा ३ र माओवादी केन्द्रले १ पालिका जितेको हो ।

अब जनकपुरधाम उपमहानगरपालिकाको मात्र नतिजा आउन बाँकी रहेको छ । कांग्रेसले जितेको पालिकाहरुमा मिथिला नगरपालिका, मिथिला विहारी नगरपालिका, गणेशमान चारनाथ नगरपालिका, कमला नगरपालिका, बटेश्वर गाँउपालिका, धनुषाधाम नगरपालिका, धनौजी गाँउपालिका, लक्ष्मीनियाँ गाँउपालिका, हँसपुर नगरपालिका र नगराईन नगरपालिका रहेको छ ।

त्यसैगरि एमालेले क्षीरेश्वरनाथ नगरपालिका, औरही नगरपालिका र विदेह नगरपालिकामा जितेको छ । मधेशवादी दल जसपाले जित हात पारेको ३ पालिकाहरु शहिदनगर नगरपालिका, जनकनन्दनी तथा मुखियापट्टी मुसहरनिया गाउँपालिक रहेको छ ।

त्यसैगरि माओवादीले मातृका प्रसाद यादवको गृहनगर सवैला जितेर धनुषामा आफनो खाता खोल्न सफल भएको छ ।