Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त

काडमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त हुनुभएकाे छ। सिंहदरबारमा बुधबार बसेकाे मन्त्रिपरिषद् बैठकले रावललाई केन्द्रीय बैंकको रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेको हो । गत चैतदेखि नै उक्त पद रिक्त रहेकाे छ । लामो समयदेखि डेपुटी गभर्नरको पद रिक्त हुँदा केन्द्रीय बैंकको आन्तरिक कार्यसम्पादन र नीतिगत निर्णय प्रक्रियामा ढिलाइ भएको थियो ।