काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद तथा मन्त्रीहरूको कार्यशैली र संसद्मा उनीहरूको प्रस्तुतिकाे बारेमा आन्तरिक छलफल गरेको छ ।
सिंहदरबारस्थित रास्वपाकाे संसदीय दलको कार्यालयमा बुधबार बसेकाे बैठकमा छलफल भएको हो । बैठकमा पार्टी सभापति रवि लामिछानेले संसद्मा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूको व्यवहार र भाषाप्रति चासो राख्नुभएकाे छ।
पछिल्लो समय संसद्मा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने र आफ्ना माग सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भन्दै आलोचना भइरहेको छ ।
संसद्मा कसरी प्रभावकारी र मर्यादित ढंगले प्रस्तुत गर्ने भन्ने विषयमा पनि बैठकमा विचार-विमर्श भएको हाे ।









प्रतिक्रिया दिनुहोस्