काठमाडाैं। मकवानपुरको हेटौंडा-१९ बस्तीपुरमा रहेको वासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये थप एक जनाको शव भेटिएको छ ।
निर्मल मावि स्कुलबाट पढेर फर्किने क्रममा मंगलबार राति चार जना बालिकालाई खोलाले बगाएको थियो । जसमध्ये एक जनाको सकुशल उद्धार गरेको र एक बालिका मंगलबार नै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ।
दुई जनाको अवस्था थाहा हुन नसकेकोमा बुधबार बिहान बिनिता भ्लोन पनि मृत भेटिएको उहाँले बताउनुभयो । कक्षा-५ मा अध्ययनरत सुमित्रा भ्लोनको खोजीकार्य भइरहेको छ ।
यसअघि कक्षा-२ मा पढ्ने राक्सिराङ-१ की रेश्मा स्याङ्तान मृत भेटिएकी थिइन् । त्यस्तै, उद्धार गरिएकी कक्षा-६ मा पढ्ने सीमा भ्लोनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्