काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शक्ति राष्ट्रबीच आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखापरेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीर रूपमा प्रभावित भएको बताउनुभएको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एन्ड स्टाफ कलेजमा आयोजित सातौं समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उहाँले आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा…