काठमाडौं । सरकारले सिफारिस गरेका २० जना विभिन्न देशका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । संसदीय सुुनुवाइ समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले मन्त्रिपरिषद्ले सिफारिस गरेका विभिन्न देशका २० जना राजदूतहरू उपर उजुरी आह्वान गरेको हो । १० दिन समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदूतहरूमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको…