नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै « Imagekhabar – Online News Portal of Nepal


नेपालले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्दै


2.392k
Shares

काठमाडौं । एएफसी एसियन कप छनोट अघि नेपाल राष्ट्रिय फुटबल टोलीले तीन राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

शुक्रबार पहिलो दिनको प्रशिक्षणपछि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छनोटको तयारीका लागि तीन अभ्यास खेल खेल्ने तयारी गरेको बताउनुभयो ।

अल्मुताईरीले छनोट अघि अफगानिस्तान, ओमान र यमनसँग मैत्रीपूर्ण खेल्ने तयारी भएको बताउनुभयो । यस्तै, कुवेत र कतारी क्लबसँग समेत मैत्रीपूर्णको योजना भएको उहाँले जानकारी दिए ।

टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले प्रशिक्षणमा डाकिएका २५ मध्ये कप्तान किरण चेम्जोङ र देवेन्द्र तामाङबाहेक सबै प्रशिक्षणमा सामेल भएको जानकारी दिनुभयो ।

छनोटमा नेपाल समूह ‘ए’ रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग, जुन ११ मा कुवेतसँग तथा जुन १४ मा इन्डोनेसियासँग खेल्नेछ ।