काठमाडाैं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार तोलामा पाँच हजार एक सय रूपैयाँ घटेको सुनको मूल्य शुक्रबार प्रतितोला पाँच हजार तीन सय रूपैयाँले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।बिहीबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।…