Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


समस्याग्रस्त २ सहकारीका १ सय ३२ जना ऋणीको नाम सार्वजनिक


13
Shares

काठमाडाैं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित हाम्रो नयाँ कृषि र कृषि विकास बहुउदेश्यीय सहकारी संस्था लिमिटेडका १ सय ३२ जना ऋणीको नामावली सार्वजनिक गरेको छ ।

जसमध्ये हाम्रो नयाँ कृषि सहकारीको १२ र कृषि विकास बहुउदेश्यीय सहकारीका १ सय २० ऋणी रहेका हुन् । समितिले गत वैशाख २३ गतेको निर्णयअनुसार नामावली सार्वजनिक गरेको जनाएको छ । समितिका अनुसार उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको हो । यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिलाई प्रमाणसहित उपस्थित हुनसमेत आग्रह गरिएको छ ।

त्यस्तै, ऋण तिर्न बाँकी रहेका ऋणीलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको हाे। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरिएको जनाएको हाे ।