Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


२२ सय २३ जना सवारीचालक नियम उल्लंघन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा

राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन

0
Shares

काठमाडौं । गत २४ घण्टामा २ हजार २ सय २३ जना सवारीचालक सवारी नियम उल्लंघन गरेको आराेपमा ट्राफिक प्रहरीकाे कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यसबाट राज्यकोषमा १८ लाख ८१ हजार रुपैयाँ राजस्व दाखिला भएको जनाएकाे हाे । मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १ सय ५०, संकेत बत्ती उल्लंघनकर्ता १ सय ७७ र तीव्र गतिमा सवारीसाधन चलाएकाे आराेपमा १ सय १८ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले बताएकाे छ।

त्यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १ सय ५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १ सय २० र अन्य सवारी नियम पालना नगरेका एक हजार २ सय ५१ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएकाे हो ।