एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि एउटा ठूलो सम्झौता भएको दावी गर्नुभएकाे छ ।
राष्ट्रपति ट्रम्पले केही दिनभित्र यसमा हस्ताक्षर हुने अपेक्षा गरिएको समेत जिकिर गर्नुभएकाे हाे । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले यसै साताको अन्त्यतिर युरोपमा आयोजना हुने हस्ताक्षर समारोहमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स सहभागी हुने जानकारी गराउनुभएकाे छ।
यद्यपि, गत फेब्रुअरी २८ तारिखदेखि अमेरिका र इजरायलले इरानविरुद्ध शुरु गरेको युद्ध अन्त्य गर्ने सम्झौताका शर्तहरूमा आफू सहमत भएको हो वा होइन भन्ने बारेमा तेहरानले अहिलेसम्म कुनै आधिकारिक पुष्टि गरेको छैन । यसअघि बिहीबार नै राष्ट्रपति ट्रम्पले लगातार तेस्रो दिन पनि इरानमाथि सैन्य प्रहार गर्ने चेतावनी दिनुभएकाे थियाे ।
तर त्यसको केही घण्टापछि नै राष्ट्रपति ट्रम्पले उक्त योजना रद्ध गरेको घोषणा गर्नुभएकाे हाे ।










प्रतिक्रिया दिनुहोस्