काठमाडौं, असार १४ । रुकुम पश्चिमको सोती घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध र्याली निकालेको छ । विरोध र्यालीका सहभागीहरुले घटनालाई जातीय नरसंहारको रुपमा लिएर दोषीहरुमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् । विरोध र्यालीपछि भएको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जातका आधारमा गरिने सबैखाले विभेदविरुद्ध एकजुट…