
कपिलवस्तु, असार १४ । कपिलवस्तुमा सलह किरा व्यापक रुपमा देखापरेको छ ।
जिल्लाका तौलीहवा, पकडी, लवनी लगायतका क्षेत्रमा ठूलो संख्यामा सलह प्रवेश गरिरहेको छ ।
किराको प्रबेशसंगै जिल्लाका किसानहरु चिन्तित बनेका छन् ।
किराले बाली खान सुरु गरिसकेको छ । यस्तै अर्घाखाँचीमा पनि सलह भित्रिएको छ ।
जिल्लाकोे दक्षिणी भेग शितगंगा नगरपालिकाको सुर्वणखाल, शितापुरका केही भुभागमा सलह देखिएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभएको छ ।
सलहले मकै बाली लगायतका अन्य बालीमा क्षति पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्