
कैलाली । धनगढीबाट विप्लव समूहका नगर ईन्चार्ज सहित ६ जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले नगर ईन्चार्ज प्रकाश रावल सहितका ६ जनालाई पक्राउ गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को जुगेडा क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा विप्लव निकटको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजंग सिंह सहित डम्बर सुनार, दलबहादुर विक, सुवास जोशी र लक्की शाह रहेको प्रहरी उपरिक्षक जबराले बताउनुभयो ।
उनीहरुलाई शंकास्पद गतिविधीमा संलग्न भएको आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ भने केहीलाई पूराना मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्