१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सिन्धुलीमा मृत्यु भएकी युवतीमा कोरोना देखिएन


0
Shares

सिन्धुली । सिन्धुली अस्पतालमा गत शुक्रवार मृत्यु भएकी युवतीमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

उच्च ज्वरो र स्वासप्रश्वासको समस्या भएकी घ्याङ्लेख– १ सिम्ले माइती भएकी २१ वर्षीया युवतीको अस्पतालमा मृत्यु भएको थियो ।

कोरोना भाइरसको आशंकामा उनको स्वाब परीक्षणका लागि पठाइएको थियो । अत्याधिक ज्वरो आएपछि सिन्धुली अस्पतालमा उपचार गर्ने क्रममा ती युवतीको मृत्यु भएको थियो ।