रुकुम घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन • Image Khabar Image Khabar


रुकुम घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन


Imagekhabar
१४ असार २०७७, आईतवार १८:००

रुकुम घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, असार १४ । रुकुम पश्चिमको सोती घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा विरोध र्‍याली निकालेको छ ।

विरोध र्‍यालीका सहभागीहरुले घटनालाई जातीय नरसंहारको रुपमा लिएर दोषीहरुमाथि कानुनबमोजिम कारबाही गर्न माग गरेका छन् ।

विरोध र्‍यालीपछि भएको सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जातका आधारमा गरिने सबैखाले विभेदविरुद्ध एकजुट हुन आह्वान गर्नुभयो ।

उहाँले सत्तारुढ दल नेकपा रुकुम घटनामा संलग्नलाई संरक्षण गर्न लागिपरेको आरोप लगाउनुभयो ।

सभामा सहभागी अन्य दलका प्रतिनिधिहरुले कुनैपनि बहानामा घटनाका दोषीलाई उन्मुक्ति नदिन चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्