काठमाडौं, वैशाख २३ । सरकारले वीर अस्पतालको नयाँ भवनसँगै उपत्यकाका चार ठाउँमा कोभिड अस्पताल सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि बनाएको कार्ययोजनामा शनिबारसम्ममा वीर अस्पतालको नयाँ भवन, भक्तपुरको खरिपाटी, दहचोक र इचंगु नारायणमा आईसीयू सहितको कोभिड अस्पतालसञ्चालन गरिने उल्लेख छ । वीर अस्पतालको नयाँ भवनमा…