काठमाडौं, वैशाख २४ । ललिता निवास जग्गा प्रकरणमा मुख्य अभियोगी शोभाकान्त ढकाललाई रिहा गर्ने वा नगर्ने भन्नेसम्बन्धमा सर्वोच्च अदालतका दुई न्यायाधीशबीच राय बाझिएको छ । ११३ रोपनी सरकारी जग्गा किर्ते मामलामा विशेष अदालतको आदेशमा थुनामा रहेका ढकालले दिएको बन्दी प्रत्यक्षीकरण रिटमासर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासमा सुनुवाई भए पनि राय बाझिएको हो…