कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा. गौतम, डा. मरासिनीलाई जिम्मेवारी « Image Khabar


कोभिड युनिफाइड अस्पतालबाट हटाइए डा. गौतम, डा. मरासिनीलाई जिम्मेवारी


Border circle
Imagekhabar

काठमाडौं, साउन १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई हटाएको छ ।

निकै नै विवादमा परेका डा. गौतमलाई सोमबार मन्त्रीस्तरीय निर्णयबाट हटाई थापाथलीस्थित प्रसूती तथा स्त्री रोग अस्पतालमा सरुवा गरिएको हो ।

गौतमले सम्हाल्दै आएको जिम्मेवारी ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई दिइएको छ ।

स्वास्थ्य मन्त्रालयको प्रवक्ता रहँदै गौतमलाई अघिल्लो सरकारले १० जेठमा युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गरेको थियो ।

उपकरण खरिद गर्दा सेटिङ गरेको भन्दै गौतम विवादमा तानिनुभएको थियो ।

सोमबार नै कर्मचारीहरुले डा. गौतमले कर्मचारीको मागका विषयमा छलफल गर्न लागेको समयमा प्रहरी प्रशासन बोलाएर स्वास्थ्यकर्मी तथा कर्मचारी कुटाएको आरोप लगाउँदै प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्