काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ । उनीहरुमा हिजो आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिनुभयो ।…