मेडिकल अफिसरसहित ६ जनामा कोरोना देखिएपछि 'टिचिङ'को आकस्मिक कक्ष 'सिल' • Image Khabar Image Khabar


मेडिकल अफिसरसहित ६ जनामा कोरोना देखिएपछि ‘टिचिङ’को आकस्मिक कक्ष ‘सिल’


Imagekhabar
२९ श्रावण २०७७, बिहीबार १०:२८

मेडिकल अफिसरसहित ६ जनामा कोरोना देखिएपछि 'टिचिङ'को आकस्मिक कक्ष 'सिल'

काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरसहित ६ जनामा कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको छ ।

उनीहरुमा हिजो आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको (आज) नमुना संकलन गरिनेछ ।

उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्