पत्रकार बानियाँको शव फेला, हामीले बचाउन खोजेपनि सकेनौं : प्रत्यक्षदर्शी (भिडियो) • Image Khabar Image Khabar


पत्रकार बानियाँको शव फेला, हामीले बचाउन खोजेपनि सकेनौं : प्रत्यक्षदर्शी (भिडियो)


Imagekhabar
२८ श्रावण २०७७, बुधबार १६:३९

balram baniyan

काठमाडौं, साउन २८ । तीन दिनदेखि बेपत्ता भएका पत्रकार बलराम बानियाँको शव मकवानपुरमा फेलापरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले बुधबार बिहान खोजी गर्नेक्रममा बल्खुनजिकै खोलामा फेलापरेको जुत्ताको उनकी छोरीले पहिचान गरेलगत्तै मकवानपुरमा मृत फेलापरेको पुष्टि भएको हो ।

तीन दिनअघि बल्खुमा खोलामा हामफालेका बानियाँलाई बचाउन खोज्दा नसकेको प्रत्यक्षदर्शीले बताएका छन् ।

खोलामा जबर्जस्ती पसेका बानियाँलाई बचाउन खोज्दा नसकेको प्रत्यक्षदर्शीको भनाइ छ ।

वाग्मती प्रदेशका प्रहरी प्रमुख वसन्त लामाले बानियाँको शव मकवानपुरस्थित माण्डुखोला जलविद्युत् आयोजनाको ड्याममा भेटिएको पुष्टि गर्नुभयो ।

बानियाँ तीन दिनदेखि सम्पर्कमा नआएपछि परिवारले पनि खोजतलासका लागि प्रहरीमा निवेदन दिएको थियो ।

कान्तिपुर दैनिकमा कार्यरत् बानियाँको शव हेटौंडा अस्पतालमा राखिएको छ ।

प्रत्यक्षदर्शीको बयान भिडियोमा हेर्नोस्

प्रतिक्रिया दिनुहोस्