Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


दुर्गा प्रसाईं विमानस्थलबाट पक्राउ, ठिमी लगिँदै


3.6k
Shares

काठमाडाैं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अगुवा तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं त्रिभुवन विमानस्थल आउनेबित्तिकै लफडा भएको छ ।

झापाबाट विमानस्थलमा ओर्लेका प्रसाईँलाई स्वागत गर्न समर्थक र युट्युबरको भीड भेला भएको थियो ।

युट्युबरका अगाडि विमानस्थलमै भाषण दिन खोजेपछि प्रहरीले प्रसाईंलाई रोकेको थियो । त्यस क्रममा प्रसाईं समर्थक र सुरक्षाकर्मीबीच तनाव उत्पन्न भएको हो ।

प्रहरीले प्रसाईंलाई नियन्त्रणमा लिएर भक्तपुरस्थित उनको घरतर्फ लगेको छ ।

Skip This