Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


मेलबर्नमा प्रेस भेटघाट सम्पन्न, २६ सेप्टेम्बरमा इन्द्र जात्राको भव्य तयारी (तस्वीरसहित)


0
Shares

काठमाडाैं । नेवा गुठी भिक्टोरियाद्वारा आगामी इन्द्र जात्रा २०२६ को तयारीस्वरूप पूर्व–उत्सव प्रेस भेटघाट कार्यक्रम सम्पन्न भएकाे छ।

कार्यक्रममा नेपाली समुदायका अगुवा, विभिन्न संघ–संस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

प्रेस भेटघाटमा इन्द्र जात्राको ऐतिहासिक तथा सांस्कृतिक महत्व अष्ट्रेलियामा नेपाली पहिचानको संरक्षण र प्रवर्द्धन तथा बहुसांस्कृतिक समाजसँगको सांस्कृतिक सम्बन्धबारे छलफल गरिएको थियो।

आयोजकका अनुसार इन्द्र जात्रा २०२६ आगामी २६ सेप्टेम्बरमा अष्ट्रेलियन नेपाली मल्टिकल्चरल सेन्टर (एएनएमसी), डिगर्स रेस्टमा आयोजना गरिएकाे छ ।

कार्यक्रममा परम्परागत संगीत, नृत्य, रथ निर्माण तथा रथ यात्रा लगायत विविध सांस्कृतिक प्रस्तुति गरिने जनाइएको छ।

नेवा गुठी भिक्टोरियाले यस वर्षको उत्सवलाई अझ भव्य, प्रभावकारी र समावेशी बनाउने लक्ष्य राखेको जनाएको छ। साथै सम्पूर्ण नेपाली, अष्ट्रेलियाली तथा बहुसांस्कृतिक समुदायलाई कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ।