काठमाडौं । नेकपा एमालेकी नेतृ एवम् निवर्तमान भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङफेले विघटित भूमिसम्बन्धी समस्या समाधान आयोग संविधान, ऐन र नियम विपरीत रहेको कुतर्क नगर्न सरकारलाई चेतावनी दिनु भएको छ । नेतृ तुम्बाहाङ्फेले केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग विघटन गरेर सरकारले देशभरका सुकुम्बासीहरूको मौलिक हकमाथि गम्भीर कुठाराघात गरेको उल्लेख…