कोरोना देखिएपछि पशुपति क्षेत्रका सबै पसलहरु बन्द • Image Khabar Image Khabar


कोरोना देखिएपछि पशुपति क्षेत्रका सबै पसलहरु बन्द


Imagekhabar
२८ श्रावण २०७७, बुधबार १४:४९

कोरोना देखिएपछि पशुपति क्षेत्रका सबै पसलहरु बन्द

काठमाडौं, साउन २८ । गौशालास्थित पशुपति क्षेत्रमा कोरोना संक्रमण देखिएपछि सो क्षेत्रका सबै पसल तथा फूटपाथमा राखिएका पूजा सामग्री पसलहरु आगामी आइतबारसम्मका लागि बन्द गरिएको छ ।

गत शुक्रबार एक जना पसलेलाई कोरोना देखिएपछि स्थानीय व्यवसायीको समन्वयमा सबै पसलहरु बन्द गरिएको हो ।

महानगरीय प्रहरी वृत गौशालाका प्रमुख जितेन्द्र बस्नेतले थप संक्रमण बढ्न नदिन वडाको समन्वयमा निगरानीसमेत बढाइएको बताउनुभयो ।

यस्तै, वडा नम्बर ८ का दिनेशकुमार डंगोलले संक्रमित एक जना बाहिरी जिल्लाबाट आएको र हालसम्म ३ जनामा संक्रमण देखिएकोले सर्तकता अपनाइएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्