काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा भएको अवरोधलाई सुचारु गर्न प्रमुख प्रतिपक्षी दलका नेतासँग संवाद गरिरहेको बताउनुभएको छ । सोमबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारलाई प्रभावकारी रूपले चलाउने कर्तव्य सरकार र प्रतिपक्षी दुवैको भएको भन्दै उहाँले एमालेबाट संसद खुलाउने भूमिकाको अपेक्षा गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘संसद सुचालु गर्न…