
एजेन्सी । विवाहका लागि तपाई के के गर्नुहुन्छ, पक्कै पनि घरपरिवारले खोजेको अथवा प्रेमीप्रेमीकासँग विवाह गर्नुहुन्छ । केटी खोज्नकै लागि विज्ञापन पक्कै दिनुहुदैन । केटी खोज्नकै लागि विज्ञापन दिइएको कुरा सुन्दा तपाईलाई अनौठो लाग्न सक्छ । तर यहाँ यस्तै रोचक घटना भएको छ । विवाहका लागि बेहुली खोज्न एक पाकिस्तानी युवकले बिलबोर्डमै विज्ञापन दिएका छन् ।
२९ वर्षीय अविवाहित मोहम्मद मलिकले हाल लन्डनमा बस्छन् । उनले रमाइलो पारामा आफू बेहुलीको खोजीमा रहेको बताएका छन् । उनले बेहुली खोजी रहेको भन्दै ठूलाठूला बिलबोर्डमा विज्ञापन गरेको बीबीसीले जनाएको छ । मलिकले आफू विवाह गर्ने विचारमा रहेको सन्देश दिन लन्डन र बर्मिङ्गममा यस्तो विज्ञापन गरेका हुन् । आफू परम्परागत मागी विवाहको विपक्षमा नरहेपनि आफैले कसैलाई खोज्ने प्रयासमा रहेको उनले बताए । सडक छेउमा राखिएका विज्ञापन गर्ने ठूलो बोर्डमा उनको हसिलो तस्विरसहित मलाई मागी विहेबाट जोगाउ लेखिएको विज्ञापन टासेका छन् ।
लन्डनमा बस्ने मलिक बैंकमा परामर्श दाताका रुपमा काम गर्दछन् । उनले अहिलेसम्म बेहुली खोज्ने प्रयास असफल रहेको बताएका छन् । अब उनी छिटै नै विशेष वेबसाइट फाइन्ड मलिम वाइफ डट कम बाट बेहुली खोज्ने योजना बनाएको सुनाए । शनिबार बोर्डमा विज्ञापन गरेपछि चासो दिदै धेरैले उलाई सन्देश समेत पठाएको उनले बताए । मलिक भन्छन् ‘मैले अझै हेर्ने समय पाएको छैन्, यसका लागी केही समय छुट्याउन पर्ने भएको छ । तर यस विषयबारे मैले यसअघि सोचेको थिएन । यसरी विज्ञापन गर्नु अघि महिलाहहरु भेट्न अरु तरिका अपनाएको मलिकले बताए । ‘म पाकिस्तानी भएकाले विवाहका लागी काकी (लमी) हरुको यसमा क्षमता हुन्छ तर यो विधीले पनि काम गरेन’ उनले भने ।
मलिकले जोडी खोज्न प्रयोग गरीने डेटीङ एप र केही डेटीङ कार्यक्रमको पनि साहारा लिएको बताए । तर ती दुबै आफूलाई अत्यास लाग्दा भएको उनको भनाइ छ । अन्त्यमा साथीको सल्लाहअनुसार उनले विज्ञापन दिनेबारे योजना बनाएका थिए । उनले राखेको विज्ञापन बोर्ड जनावरी १४ सम्म रहने छ । विज्ञापन गर्ने कुरा सूरुदेखि नै परिवारको समर्थनमा भएपनि आमालाई बुझाउन केहि समय लागेको उनले बताए । इस्लाम धर्ममा आस्था भएकी र परिवारसँग हाँसो ठट्टामा पनि मिल्न सक्ने बेहुली चाहिएको मलिक बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्