प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित « Image Khabar


प्रधानमन्त्रीसहितका मन्त्रीहरु आइसोलेशनमा, मन्त्रिपरिषद् बैठक प्रभावित


1.898k
Shares

काठमाडौं, पुस २६ । प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न मन्त्रीहरु आइसोलेशनमा बसेसँगै मन्त्रिपरिषद् बैठक समेत प्रभावित भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उहाँको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधानमन्त्री देउवा शनिबार देखिनै क्वारेन्टिनमा आइसोलेशनमा हुनुहुन्छ भने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र शिक्षा मन्त्री देवेन्द्र पाडेले पनि क्वारेन्टिनमा बस्नुभएको छ ।

प्रधानमन्त्री लगायतको कोरोना रिपोर्ट नेगेटिभ आएपछि मात्रै बैठक बस्नेछ । मन्त्रिपरिषद्को बैठक बिहीबार र सोमबार नियमितरुपमा बस्ने प्रचलन छ । कोरोनाको महामारीका सन्दर्भमा क्याबिनेटबाटै पनि कतिपय निर्णयहरु गर्नुपर्ने भएपनि भीआईपीहरु नै प्रभावित बनेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालसहति नेता नारायणकाजी श्रेष्ठ, मातृका यादवलगायतका दाहालको सचिवालय र केन्द्रीय कार्यालयका अधिकांश कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि हुनुअघि शुक्रबार बिहान दाहाल उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा सहभागी हुनुभएको थियो । दाहाललाई कोरोना पोजेटिभ देखिएसँगै उहाँको कन्ट्याक्ट ट्रेसिङमा प्रधानमन्त्री देउवा र मन्त्रीहरु र विभिन्न दलका शीर्ष नेताहरू समेत परेका हुन् ।