नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी : ऊर्जामन्त्री भुसाल « Image Khabar


नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी : ऊर्जामन्त्री भुसाल


156
Shares

काठमाडौं, पुस २६ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताउनुभएको छ ।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशिय विद्युत व्यापारमा सहयोग पु¥याउनका लागि सरकारले नीजि क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो ।

मन्त्री भुसालले सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उहाँले बताउनुभयो । नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उहाँले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने बताउनुभयो ।

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु भएको बताउनुभयो । देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उहाँको जोड छ । देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पु¥याउनुपर्ने उहाँले बताउनुभयो ।

विद्युत खपतलाई वृद्धि गर्नाका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पार्नुभयो । उहाँले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नीजि क्षेत्रलाई आव्हान गरिरहेको बताउनुभयो ।