विकट जिल्लाका सामुदायिक अस्पतालहरुको क्षेत्र अधिकार बढाइ ग्रामीण क्षेत्रमा नै सर्वसुलभ उपचार सेवा पुर्याउने उद्देश्यले २७ ओटा सामुदायिक अस्पतालाई अनुदान दिने निर्णय गरिएको हो । मन्त्रालयले गत वर्षदेखि सामुदायिक अस्पतालहरुलाई अनुदान रकम दिन सुरु गरेको थियो । गत वर्ष २१ ओटा सामुदायिक अस्पतालले अनुदान रकम प्राप्त गरेको मन्त्रालयले जनाएको छ । सामुदायिक अस्पताल अनुदान निर्देशिका–२०७३…