बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमै पत्रकार सम्मेलन गरी उनले सभामुख ओसनरी घर्तीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर भएपनि शुक्रबार (भोलि) नै उक्त विधेयक पारित गराउन आग्रह गरे । सरकारले माथेमा प्रतिवेदनअनुसारको विधेयक व्यवस्थापिका–संसदमा पेस गरेको छ । तर, उक्त विधेयक अघि बढ्न भने सकेको छैन । डा. केसीले माफिया पक्षधर केही समूहहरुले विधेयकको विरोध…