चिकित्सा शिक्षा विधेयक पास गराउन डा. केसीको आह्वान • Image Khabar Image Khabar


चिकित्सा शिक्षा विधेयक पास गराउन डा. केसीको आह्वान


Imagekhabar
२६ आश्विन २०७४, बिहीबार १९:२२

चिकित्सा शिक्षा विधेयक पास गराउन डा. केसीको आह्वान

बिहीबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जको अनशनस्थलमै पत्रकार सम्मेलन गरी उनले सभामुख ओसनरी घर्तीलाई आफ्नो विशेषाधिकार प्रयोग गरेर भएपनि शुक्रबार (भोलि) नै उक्त विधेयक पारित गराउन आग्रह गरे ।

सरकारले माथेमा प्रतिवेदनअनुसारको विधेयक व्यवस्थापिका–संसदमा पेस गरेको छ । तर, उक्त विधेयक अघि बढ्न भने सकेको छैन ।

डा. केसीले माफिया पक्षधर केही समूहहरुले विधेयकको विरोध गरेको भन्दै आफू भावी सन्ततिका लागि बारम्बार अनशनमा बसेको बताए ।

वर्तमान संसद बैठकको अवधि सकिनु अघिल्लो दिन डा. केसीले चिकित्सा शिक्षा विधेयक जसरीपनि पारित गर्न सरोकारवालाहरुलाई आह्वान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्