शनिबार मध्यरात अस्पतालमा काममा रहेका चिकित्सक र स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले हातपात गरेपछि आइतबार बिहानदेखि चिकित्सकले आकस्मिक सेवाबाहेकका सबै सेवा ठप्प पारेका थिए । दुई पक्षबीच सहमतिपछि सोमबार रातिदेखि नै सबै सेवा सुरु भइसकेको महाकाली अञ्चल अस्पताल विकास समितिका अध्यक्ष अशोक पाण्डेयले जानकारी दिए । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने दुई जनाविरुद्ध सार्वजनिक मुद्दा दायर भएर…