निश्चित मापदण्डभित्र परेका बिरामीका खकार उक्त मेसिनमार्फत परीक्षण हुने गर्दछ । जिन एक्स्पर्ट मेसिनमा खकार राखेपछि उसले नै आफैँ परीक्षण गरेर कम्प्युटरमा नतिजा दिन्छ । यो प्रविधि केही महँगो भए पनि प्रभावकारी रहेको छ । जिल्लामा क्षयरोग परीक्षण गर्ने मेशिन सरकारले उपलब्ध गराएपछि परीक्षणका लागि टाढा पुग्नुपर्ने बाध्यताबाट जिल्लाबासीलाई राहत मिलेको छ । छोटो समयमै…