स्वास्थ्य बिमा विधेयक पारित • Image Khabar Image Khabar


स्वास्थ्य बिमा विधेयक पारित


Imagekhabar
२४ आश्विन २०७४, मंगलवार २०:३८

स्वास्थ्य बिमा विधेयक पारित

स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक समाज कल्याण समितिको प्रतिवेदनसहितको सो विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

मन्त्री पोखरेलले हुनेबाट लिएर नहुनेलाई दिने गरी स्वास्थ्य सेवासम्बन्धी अन्य निःशुल्क कार्यक्रमलाई प्रभावकारी बनाउन सरकार प्रयत्नशील रहेको बताए ।

सरकारी अस्पतालका सेवामा प्रभावकारिता र स्थानीय तहसम्म गरिब जनतालाई सुलभ र सहजरुपमा आधारभूत स्वास्थ्य सेवाका लागि सो विधेयक सहयोगी हुने सांसदहरुले बताए । विधेयकअनुसार प्रत्येक नेपाली नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ ।

सांसदहरु केशवप्रसाद बडाल, शक्तिबहादुर बस्नेत, राजेन्द्रकुमार पाण्डे, गगनकुमार थापा, डिल्लीप्रसाद काफ्ले, मीना पुन, चूडामणि बिक जंगली, गुरुप्रसाद बुर्लाकोटी, प्रेम सुवाललगायतले छलफलमा भाग लिएका थिए । (रासस)

प्रतिक्रिया दिनुहोस्