चितवन, बैशाख १२ । चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नाराका साथ आज चितवनमा भएको पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जोखिम कायमै रहेको भन्दै लामखुट्टेबाट बच्न आग्रह…