त्रिविले पीजी तह पढ्न २२ लाख रुपैयाँ तोकेकोमा मेडिकल कलेजहरुले ३१ लाख रुपैयाँसम्म लिन थालेपछि उनीहरुले विरोध गरेका हुन् । चितवन मेडिकल कलेज, पोखराको गन्डकी, वीरगन्जको नेसनल, भैरहवाको युनिभर्सल मेडिकल कजेल र काठमाडौंको पिपुल्स डेन्टल मेडिकल कलेजले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीले विरोध गरेका छन् । सरकारले ‘पोस्ट ग्राजुएट’ तहमा सबै मेडिकल कलेजहरुले…