११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


सप्तरीका अस्पतालमा डाक्टरहरु आउन नचाहेको विषयलाई गम्भीरतापूर्वक लिएको छु : उपप्रम यादव


0
Shares

शिवहरि भट्टराई (इमेज)

राजविराज, असार २२ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सप्तरीका अस्पतालमा डाक्टरहरु आउन नचाहेको विषयलाई आफूले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

शुक्रबार राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको अनुगमन गर्दै उनले देशका विभिन्न स्थानमा कार्यरत् सप्तरीका सबै डाक्टरहरुलाई जिल्लामा ल्याउने बताए ।

सप्तरी–२ बाटै प्रतिनिधिसभामा निर्वाचित भएका मन्त्री यादवले अञ्चल अस्पतालका भवनहरुलाई स्तरोन्नति गरी आधुनिक सुविधासम्पन्न बनाउने कार्य अघि बढेको पनि बताए ।

अनुगमनकाक्रममा उनले अस्पतालमा रहेका समस्याहरुबारे अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा. चुमनलाल दाससँग जानकारी लिएका थिए ।