काठमाडौं । देशभरका बालबालिकालाई आज र भोलि भिटामिन ए र जुकाको औषधि खुवाईँदैछ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए को क्याप्सुल र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधिसँगै ५ वर्षमुनिका बालबालिकाको पोषणको अवस्था थाहा पाउन पाखुराको पनि नाप लिइनेछ । मन्त्रालयले…