काठमाडौं, असार २७ । विनाशकारी ‘गोरखा भूकम्प’बाट क्षतिग्रस्त बनेको काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालको पुनःनिर्माण सम्पन्न भएको छ । जापान सरकारको सहयोगमा पुनःनिर्माण गरिएको भवनको शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । भवन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लाखौं महिलालाई स्वस्थ्य सेवा प्रदान गर्ने ऐतिहासिक अस्पतालको पुनःनिर्माणमा सहयोग गरेकामा जापान सरकारलाई धन्यवाद दिए…